काठमाडौँ । विवेकशील साझा पार्टीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सँग एकीकरण गर्ने सहमति गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी वैकल्पिक राजनीतिक दलबिचको ’बृहत्तर ध्रुवीकरणर एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णयलाई पारित गरिएको हो ।
दुई पार्टीबीच आगामी आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणा गरिने छ । पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वहरूको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुङ्ग्याइने छ ।