काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशका सबै पालिकामा र्यापिड एक्सन टिम गठन गर्ने तयारी सुरु गरेको छ । मंगलबार बसेको रास्वपा पार्टी सचिवालय बैठकले र्यापिड एक्सन टिम गठन गर्ने निर्णय गरेको जनाएको हो ।
बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरुको नाम सिफारिसका लागि अनुरोध गर्ने निर्णय गरेको छ।
त्यस्तै, प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको छ।