Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमालेको दोहोरो चरित्र : दल दर्ता गर्ने, चुनावका लागि होइन भन्ने

एमालेको दोहोरो चरित्र : दल दर्ता गर्ने, चुनावका लागि होइन भन्ने

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा दल दर्ता भएको आधारमा फागुन २१ गते निर्वाचन सुनिश्चित भएको मान्न नसकिने प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमा लेखेर उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको  र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको वेला निर्वाचन सुनिश्चित भएको दाबी भ्रम मात्रै भएको बताएका हुन्। 

‘अहिलेको सरकार र यस सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट छ, र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको छ। यस्तो अवस्थामा निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा हो’, उनले लेखेका छन् । 

महासचिव पोखरेलले प्रतिनिधिसभा विघटनका कारण संविधान ‘घाइते’ बनेको तर्क गर्दै ‘२३ र २४ गतेका विध्वंसात्मक घटनाले कमजोर बनाएको संविधानलाई पुनः सक्रिय बनाउन संसद् पुनः स्थापना अपरिहार्य’ भएको बताएका छन्। 

उनले लोकतन्त्रलाई जीवन पद्धतिकै रूपमा आत्मसात गर्ने पार्टी भएको नाताले निर्वाचन आयोगमा अद्यावधिक रूपमा दल दर्ता गरेको प्रष्टीकारणसमेत दिएका छन्।