Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कुलमान घिसिङले खगेन्द्र सुनार र रञ्जिता श्रेष्ठसँग पार्टी एकता गर्दै ‘उज्यालो नेपाल’ को संगठन विस्तार सुरु

कुलमान घिसिङले खगेन्द्र सुनार र रञ्जिता श्रेष्ठसँग पार्टी एकता गर्दै ‘उज्यालो नेपाल’ को संगठन विस्तार सुरु

काठमाडाैं । उर्जा, भौतिक पुर्वधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको  संगठन विस्तार सुरु गरेका छन्। घिसिङको नेतृत्वमा बनेको उज्यालो नेपाल चुनावि अभियानमा होमिई सकेको छ । घिसिङले गाउँतहबाटै अब अभियान सुरु गर्ने तयारी गरेका हुन पार्टीको संगठनन बिस्तारको औपचारिक सुरुवात गर्दै उनले पहिलो पटक  प्रदेश कमिटी गठन गरेका छन्। पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा पार्टी गठन गरेका घिसिङ चुनावको तयारीमा जुटेका छन् ।

एनले उज्यालो नेपाल निर्वाचन आयोगमा दर्ता समेत गरिसकेका छन् । २७ साउनमा दल दर्ताका लागि निवेदन परेकोमा मन्त्री घिसिङले पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा पार्टी पुनर्गठन गरी २५ कात्तिकमा अद्यावधिक कागजात पेस गरेका थिए। ५१ सदस्यीय केन्द्रीय समिति र ‘बलेको चिम’ चुनाव चिह्न भएको दललाई आयोगले  दर्ता गरेर प्रमाणपत्र दिई सकेको छ । समानुपातिक सहभागिता, मेरिटोक्रेसी, सही व्यक्त, सही ठाउँलाई पार्टीले मूल मन्त्र बनाएको छ।

उज्यालो नेपाल पार्टी मध्यमार्गी सोचको पार्टी भएको र गन्तव्य उन्नत समाजवाद भएको घिसिङबको भनाई छ । त्यस अगाडी रवि लामिछाने नेतृत्वको रास्वपामा जाने तयारी गरेका घिसिङले रविको ठाउँ लिन खोजेका थिए । तर, रास्वपाले उनलाई रविको स्थान दिन नमाने पछि उनलृे उज्यालो नेपाल गठन गरेका हुन् ।  कुलमान घिसिङको नेतृत्वमा बनेको उक्त नयाँ राजनीतिक दलले बागमती प्रदेशबाट आफ्नो संरचना विस्तारलाई तीव्रता दिएको छ ।

 निर्वाचनमा केन्द्रित हुँदै संगठन विस्तारका गतिविधि अघि बढाएको हो। सोमबार इन्द्रेणी बैंक्वेटमा बसेको प्रदेशस्तरीय भेलाले प्रविण तामाङको संयोजकत्वमा ७५ सदस्यीय बागमती प्रदेश अधिवेशन आयोजक कमिटी गठन गरिएको छ । घिसिङ पनि भेलामा उपस्थित रहेर कार्यकर्तालाई सम्बोधन गरेका थिए। कुलमानले सरकारमा बसेर पार्टी खोलेको भनेर आलोचना पनि भइरहेको छ । तर, कुलमानले चुनावको मुखमा अहिलेको जिम्मेवारीबाट अलग भएर निर्वाचनमा हाम फाल्ने तयारी गरेका छन् ।  घिसिङले आगामी निर्वाचनमा उम्मेदवारी मनोनयनको समयमा मात्र मन्त्री पदबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टीको प्रत्यक्ष नेतृत्व सम्हाल्ने तयारीमा छन् ।

 पार्टीका केन्द्रीय सदस्य इन्जिनियर डा. शंकर ढकालले दल दर्तासँगै पार्टीको बृहत् घोषणासभाको तयारी भइरहेको बताए। उनका अनुसार १७ मंसिरमा प्रज्ञा प्रतिष्ठानमा पार्टीको घोषणासभा हुनेछ। पार्टीको घोषणापत्र पनि अन्तिम चरणमा रहेको भन्दै ढकालले समृद्धि र सुशासनको उज्यालो कार्यक्रम ल्याइने बताएका छन् । अहिले पार्टीको नेतृत्व अर्कैले गरे पनि उनकै निर्देशन अनुसार नै काम भई रहेको छ ।