Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रेडियो अडियोका मालिक पत्रकार दिपेन्द्र खनियाँ मृत फेला

रेडियो अडियोका मालिक पत्रकार दिपेन्द्र खनियाँ मृत फेला

काठमाडौँ । पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार काठमाडौँ महानगरपालिका–१०, बानेश्वरस्थित थापागाउँको घरमा घरमै झुन्डिएको अवस्थामा उनको शव फेला परेको छ। यो जानकारी काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले दिएका छन्।

प्रहरीले घटनास्थलको मुचुल्का लगाएर आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेपछि शव पोस्टमार्टमका लागि लैजाँदै छ।

खनियाँ रेडियो अडियोका सञ्चालक हुन्। सोही घरमा रेडियो अडियोको कार्यालय पनि सञ्चालनमा रहेको थियो। तर, केही महिनाअघि मात्र उनले घर बिक्री गरेका थिए। बिक्री गरे पनि उनी त्यहीँ बस्दै आएका थिए।

उनका श्रीमती र एक छोरी छन्।