Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

महेश बस्नेत चढेको गाडिमा एयर्पोट गेटमै जेनजिले गरे आक्रमण , प्रहरीले समायो

महेश बस्नेत चढेको गाडिमा एयर्पोट गेटमै जेनजिले गरे आक्रमण , प्रहरीले समायो

काठमाडाैं । बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा  एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरूले रातो रङ छ्यापेका छन् । बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आज बिहान इटहरीतर्फ जाने क्रममा युवाहरूले उनी सवार गाडी रोकेर रातो रङ छ्यापेका हुन् । बस्नेतको गाडीमा जेनजीहरुले रातो छ्यापेको बुझीएको छ । उनीहरूले बस्नेतविरुद्व नाराबाजी गरेका थिए ।

हत्याराको चेलो मुर्दाबाद लगायतको नारा लागेको थियो । उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको मोरङकी डीएसपी कोपिला चुडालले बताइन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– २ का १९ वर्षीय अर्पित कुँवर र १ नम्बर वडाका २५ वर्षीय सञ्जोग गौतम छन् । इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानका लागि बस्नेत काठमाडौंबाट बिहान आएका हुन् ।

बस्नेत कार्यक्रमस्थल इटहरीतर्फ लागि सकेका छन् । अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । बस्नेत जाने कार्यक्रममा समेत सुरक्षा संयमता अपनाउन भारी मात्रामा सुरक्षा कर्मी खटाईएको छ । पछिल्लो समय जेनजी युबाहरु बस्नेतसंग निकै आक्रामक छन् ।

बस्नेतले जेनजीहरुको बारेमा खरो टिप्पणी र आलोचना गरिरहेका हुन्छन् । बस्नेतले विराटनगरबाट सुनसरी जाने क्रममा २ जना युवाहरूले आफूहरू चढेको गाडीमा बेलुनमा रङ भरेर छ्यापेको जनाए ।  बस्नेत विराटनगर पुग्दा एक १७ वर्षे युवाले उनको गाडीमा रातो रङ्ग फ्याके उल्लेख गरिएको छ ।

यस भन्दा अगाडी  बस्नेत सिमरा जान खोज्दा समेत अवरोध भएको थियो । उनी सिमरा कार्यक्रममा जान खोज्दा जेनजीहरुले सिमरा एपोर्टमै प्रदर्शन गरेका थिए । उनीहरुले प्रदर्शन गर्दा एमाले कार्यकर्ता संग झडप समेत भएको थियो । २ लिन त बारा वप्रशासनले कफुर्र्यु समेत लगाउनु परेको थियो ।

बस्नेतले अवरोधको सामना प्रतिरोधमार्फत गर्नुपर्ने बताएका छन् । बस्नेतले एमाले आलोचना सहने भए पनि अवरोध भने नसहने बताए ।एमाले आलोचनालाई स्वीकार गर्ने पार्टी भएको बताउँदै उनले कमजोरी भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे तर बिना गल्ती अवरोध गरे प्रतिरोधमा उत्रिने पार्टीको सिद्धान्त रहेको समेत उनले स्पष्ट पारे ।  उनले आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न नसकिने स्पष्ट पार्दै सो घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताए । अहिले सामाजिक सञ्जाल दुरुपयोग गरेर नेपाललाई अस्थिर बनाउन खोजिएको र अन्तर्राष्ट्रिय शक्तिहरूले नेपाललाई आफ्नो ‘खेल मैदान’ बनाउने प्रयास गरिरहेको उनले बताए ।