काठमाडाैं । बाबुराम भट्टराई, जनार्दन शर्मा र रवि लामिछानेको साथ छाडेका सन्तोष परियार नेतृत्वका पार्टी तथा घटकहरुले आज काठमाडौँमा एकता सभा गर्दैछन् ।
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहको एकता सभा हुन लागेको हो । राष्ट्रिय सभागृह काठमाडौँमा दिउँसो १२ः३० बजे कार्यक्रम हुने र यसको अध्यक्षता सन्तोष परियारले गर्ने बताइएको छ । उनीहरुबीच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो । एकता घोषणापछि पार्टीमा थोरै समूहको अध्यक्ष परिषद् बनाइने भएको छ ‘अध्यक्ष परिषद्’मा दलित, महिला, आदिवासी जनजाति, मधेशी, पिछडिएको क्षेत्र लगायत सबै क्लष्टरबाट प्रतिनिधित्व हुने गरी अध्यक्ष परिषद गठन गर्ने तयारी गरिएको हो ।
यही अध्यक्ष परिषदले पार्टीमा कार्यकारी भूमिका खेल्ने नेताहरुले बताएका छन् । कात्तिक १९ गते १० वटा वाम घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा भएपछि जनार्दन शर्माले तत्कालीन मा ओवादी केन्द्र परित्याग गरी प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए । त्यसपछि सन्तोष परियारले पनि राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका थिए ।
कात्तिक २८ गते बाबुराम भट्टराईको नेसपा (नयाँ शक्ति), जनार्दन शर्माको अभियान, सन्तोष परियारले एकताको सहमति गरेका थिए।पार्टीको चुनाव चिन्हका रूपमा नेसपाले प्रयोग गर्दै आएको ‘आँखा’ नै रहने छ भने झण्डा तय गर्ने काम अझै बाँकी छ।
महाधिवेशनसम्मका लागि विभिन्न क्षेत्र र समुदाय समेटिएको करिब पाँच–छ जनाको अध्यक्षमण्डल रहने बताइएको छ ।तीन पक्ष मिलेपछि पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी हुनेछ । दल दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता भइसकेको छ । राष्ट्रिय सभागृहको एकता घोषणासभाको अध्यक्षता सन्तोष परियारले गर्ने छन् । दुर्गा सोबले कार्यक्रम सञ्चालन गर्ने छिन् भने सुदन किराँतीले स्वागत मन्तव्य राख्ने छन् । बाबुराम भट्टराई र जनार्दन शर्मा पनि कार्यक्रममा सहभागी हुनेछन् ।
तर उनीहरुले शुभकामना मन्तव्य राख्ने गरी कार्यक्रमको खाका तयार पारिएको छ । सन्तोष परियारले रास्वपामा असन्तुष्टि जनाउदै पार्टी परित्याग गरेका थिए । रवि लामिछाने स्वयमलाई पार्टी छाड्दै छु सम्म नभनेका परियार पुर्व माओवादी नेताहरुसंग मिल्न लागेका हुन् ।
हुन त रासव्पामा आउनु अगाडी उनी स्वयम माओवादीमा आस्था राख्ने ब्यक्ती भएको बताईएको थियो । रास्वपामा उनले पछिल्लो समय फरक बिचार राख्दै आएका थिए । पार्टी रिफमेशनमा जानु पर्ने र रवि लामिछानेको बिकल्प खोज्नु पर्ने उनको धारणा थियो । उनी भन्दा अगाढी सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी थिईन । सुमनाले पार्टी ब्यक्ती केन्द्रीत भएको र मिडिया ट्रायल बढी भएको भन्दै असन्तुष्टि जनाएकी थिईन ।