काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड गएराति नुवाकोटको पञ्चकन्यामा बास बसेका छन्।
नेकपाका नेता दीपशिखाले दिएको जानकारीअनुसार शनिबार काठमाडौँमा जेनजीसँग नेकपा कार्यक्रम सकेर संयोजक प्रचण्ड राति अबेर नुवाकोटको पञ्चकन्या पुगेका हुन्।
त्यहाँ उनले ‘जनताको घरमा बास, जनताको चुलोको गाँस’ गरेको दीपशिखाले बताएका छन्।
त्यस क्रममा प्रचण्डले स्थानीयसँग भलाकुसारी गरिरहेका तस्बिर र भिडिओ पनि उनले सार्वजनिक गरेका छन्।