Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एक हजार भन्दा धेरै जेनजी युवाहरूलाई पार्टीमा भित्र्याएको प्रचण्डको दाबी

एक हजार भन्दा धेरै जेनजी युवाहरूलाई पार्टीमा भित्र्याएको प्रचण्डको दाबी

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्डले आफूले एक हजार भन्दा धेरै जेनजी युवाहरूलाई पार्टीमा भित्र्याएको दाबी गरेका छन । जेनजी आन्दोलनको उद्देश्य सही भएको बताउँदै उनले १ हजार युवालाई पार्टीमा ल्याएको बताएका हुन । 

उनले विगतलाई सम्झिँदै भने, ‘म १६ वर्षमा पार्टीमा जोडिए, ३५ वर्षमा पार्टी नेतृत्वमा पुगेँ। २७ वर्षको उमेरमा युवक सङ्घको अध्यक्ष भए। युवाहरूलाई नै लिएर जनयुद्धको तयारी गरेको थिए।’

उनले आफूहरू सरकार र सडकमा हुँदा पनि भ्रष्टाचारविरुद्ध उभिएको जिकिर गरे। जेनजी र आफूहरूले उठाएको एजेन्डा एउटै भए पनि नेपालीहरूको विजयी हुने विश्वास व्यक्त गरे।