काठमाडौँ । कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा भाग लिने भएको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले फागुन २१ का लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित विकास निर्वाचनको हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिएर निर्णय गर्दछ,’ बैठकमा महामन्त्री गगनकुमार थापाले भने । कांग्रेस चुनावतिर लाग्दा कांग्रेस प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा एमाले एक्लिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म शक्ति प्रदर्शनलाई निरन्तरता दिने घोषणा गरेका छन् ।