काठमाडौँ । एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कार्की प्रति आक्रोश पोखेका छन । ओलीले कार्कीलाई चुनाव गराउने अधिकार नै नभएको दाबी गरेका छन्।
भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै यो सरकारलाई जनताले नछानेको भन्दै पछि हट्न आग्रह गरेका हुन् । उनले प्रधानमन्त्रीलाई भने, ‘तपाईँ को हो चुनाव गराउनेरु तपाईँसँग चुनाव गराउनु कुनै अधिकार छैन। तपाईँहरू सरकारबाट हट्नुपर्छ यो हो लोकतन्त्र।’
उनले सरकारले चुनावको नाममा तमासा देखाएको आरोप लगाए। उनले संसद् पुनर्स्थापनापछि सर्वदलीय सरकार बनाएर संविधान संशोधन हुनुपर्ने बताए।