काठमाडौँ । नेकपा एमालेले आज शनिबार काठमाडौँमा केन्द्रीयस्तरको कार्यक्रम गरेर जनप्रदर्शन गर्ने भएको छ । एमालेले वडा, पालिका, जिल्लाका सदरमुकाम हुँदै आज शनिबार काठमाडौँमा जनप्रदर्शन गदैँ छ । जनप्रदर्शन पछि जनसभा पनि आयोजना गरिएको छ । आज हुने कार्यक्रमलाई एमालेले यसलाई ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ भनेको छ ।
जनसभा भृकुटी मण्डपमा हुनेछ । जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन । प्रतिनिधि सभा विघटनविरुद्ध सडकदेखि अदालतसम्म उपस्थिति जनाउन खोजेको एमालेले आजको जनसभालाई एमालेले आन्तरिक शक्ति मजबुत भएको सन्देश दिने कार्यक्रमका रुपमा पनि लिएको छ । एमालेले संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भन्दै आएको छ ।