Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उपत्यकाको सुरक्षा व्यवस्था मजबुत,३ हजार प्रहरी सडकमा

उपत्यकाको सुरक्षा व्यवस्था मजबुत,३ हजार प्रहरी सडकमा

काठमाडौँ । उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । एमाले, बागमती प्रदेश कमिटीले शनिबार काठमाडौँमा गर्न लागेको जनप्रदर्शन र कीर्तिपुरस्थित खेल मैदानमा जारी नेपाल प्रिमियर लिग एनपिएल को भिडलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।

सुरक्षा व्यवस्थामा ३ हजार प्रहरी सडकमा खटिने भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार ३ हजार प्रहरीले नपुगे थप जनशक्ति तयार पारिएको छ । आवश्यक परे उपत्यकास्थित विभिन्न गण–गुल्मका टोलीसँग समन्वय गरिएको उनले बताए ।