Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जाँचबुझ आयोग अब नेताहरुको बयान लिन तर्फ केन्द्रित,देउवाका सुरक्षाकर्मीको विवरण माग

जाँचबुझ आयोग अब नेताहरुको बयान लिन तर्फ केन्द्रित,देउवाका सुरक्षाकर्मीको विवरण माग

काठमाडौँ । जाँचबुझ आयोग अब नेताहरुको बयान लिन तर्फ केन्द्रित बनेको छ । आयोगले अब पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणाको सुरक्षामा खटिएका सुरक्षाकर्मी सँग बयान लिने भएको छ । गौरीबहादुर कार्की नेृतृत्वको आयोगले अनुसन्धान गहिराइतर्फ गइरहेको भन्दै देउवा तथा आरजुको सुरक्षामा गत भदौ २३ र २४ गते खटिएका सुरक्षाकर्मीसँग बयान लिने प्रयास भइरहेको जानकारी दिएको हो ।

आयोगले अब नेताहरु सँग र केहीँ व्यक्तिहरु सँग बयान लिने भएको छ । रवि लामिछाने र सुरक्षा निकायका केहीँ प्रमुखहरु सँग बयान लिइसकेको आयोग अब नेताहरुको बयान लिन तर्फ लागेको छ ।  

देउवा दम्पत्तिको सुरक्षामा नेपाली सेना, प्रहरीको टोली खटिएको थियो। गौरी बहादुर कार्कीले भदौ २४ गते  शेरबहादुर देउवा र आरजु राणा देउवाको सुरक्षामा को–को थिए भनेर नाम सूचि पठाइदिन भनेर पत्राचार गरेको जनाएका छन ।  उनले उक्त नामावली अहिलेसम्म आयोगले नपाएको  बताएका हुन ।