Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार सन्धिखर्क खानेपानी समितिमा विजयी

चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार सन्धिखर्क खानेपानी समितिमा विजयी

काठमाडौं- अर्घाखाँचीको सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार विजयी भएका छन्।

नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा युवराज खत्री(प्रेम) लाई रास्वपा र स्वतन्त्र नागरिक समाज अर्घाखाँचीको समर्थनमा बाबुराम भुसाल(साथी)ले पराजित गरेका हुन्।

उपाध्यक्षमा भेषबहादुर क्षेत्री (गठबन्धन), सचिवमा गाेपाल पाैडेल (गठबन्धन), काेषाध्यक्षमा सरिता महत क्षेत्री (स्वतन्त्र), सहसचिवमा कल्पना पाेख्रेल (गठबन्धन) विजयी भएका छन्। दुईवटा प्यानल चुनावी मैदानमा थिए।