काठमाडाैं । रास्वपा सभापति रवि लामिछानेले दिएको रिट निवेदनमाथिको मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आजका लागि पेसी तोकिएको थियो ।
तर, आज रविको मुद्दाको पेसी पाटन उच्च अदालतमा पनि परेकाले रविका कानून व्यवसायीका तर्फबाट बुटवल इजलासको सुनुवाइ स्थगित गरिदिन निवेदन परेपछि स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।आज २ तिर एकै पटक मुद्धाको पेशी परेको थियो । २ तिरै पेशी परे पछि रवि का कानुन ब्यबसायी कता जाने भन्ने तनावमा थिए । अहिले भने बुटवलको पेशी भने स्थिगीत भएको छ । तर, पाटनमा भने सुनुवाई हुने छ ।
दुई अदालतमा एकैदिन पेशी परेपछि लामिछानेतर्फका कानुन व्यवसायीहरुले एउटा अदालतको पेशी स्थगित गरेको हुन् । काठमाडौँ र बुटवलका दुई अदालतमा एकै दिन पेसी तोकिएपछि कानुनी प्रतिरक्षाका लागि कसरी सहभागी हुने भन्ने विषयमा कानुन व्यवसायीहरूले छलफल गरेको थिए । दुबै अदालतको सुनुवाईमा एकैपटक उपस्थित हुन नसकिने भएपछि बुटवल इजलासको पेसी स्थगित गरिएको लामिछानेको सचिवालयले जनाएको छ । यसअघि कात्तिक २७ गते उच्च अदालत तुलसीपुरको वुटवल इजलास न्यायाधीशद्धय बाशुुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा भएको मुल मुद्दाको सक्कल मिसिल प्रमाण झिकाउने आदेश गरेको थियो ।
त्यस्तै कात्तिक २० गतेको पेशीमा न्यायाधिश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासबाट जिल्ला अदालत रुपन्देहीले जारी गरेको सुरु आदेशलगायत अन्य फाइल मगाउने आदेश भएको थियो । त्यसअघि कात्तिक १३ गते तोकिएको पेशी जोशीका कानुन व्यवसायीको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधिशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।
सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएको छ। लामिछानेले त्यसको चार भागमध्ये आफ्नो हिस्साको एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा पेस गरेका थिए । लामिछाने जस्तै जोशीले पनि त्यति नै रकमबापत जमानत पेस गरेका थिए। तर, दुवै प्रतिवादीको व्यक्तिगत बिगो कति पर्ने भन्ने यकिन नभएकाले रिहा गर्न नपाइने निर्णय दुवैका हकमा समान रूपमा जारी भएको थियो ।असहिले रवि नख्खु कारागार र छवि भने भैरहवा कारागारमा छन् ।