Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जने जी आन्दोलनका २ हजार ४२९ घाइतेलाई १५ हजार राहत दिने सरकारको निर्णय

जने जी आन्दोलनका २ हजार ४२९ घाइतेलाई १५ हजार राहत दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले जने जी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैया तत्काल राहत रकम उपलव्ध गराउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बैठकले  उक्त निर्णय गदैँ राहत रकम उपलव्ध गराउने भएको हो ।  मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

यस्तै, सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । भने प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिव ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारबाट प्राप्त हुने करिव २ दशलमव १ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता खरेलले बताएका छन ।