Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लाई जेलबाट निस्कन जेलरले नै पत्र दिएको खुल्यो,जेल नभत्काउन पनि गरेका थिए आग्रह

रवि लाई जेलबाट निस्कन जेलरले नै पत्र दिएको खुल्यो,जेल नभत्काउन पनि गरेका थिए आग्रह

काठमाडौँ । रवि लामिछानेलाई जेलबाट निस्किन जेलरले नै पत्र दिएको खुलासा भएको छ । जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले लामिछानेले पत्र विना बाहिर जाँदिन भनेपछि जेलरले नै पत्रमा हस्ताक्षर गरेको समेत खुलासा गरेका छन । लामिछानेको विषयमा कार्कीले पहिलो पटक मुख खोल्दै यस्तो कुरा बताएका हुन ।  

कार्कील जेलरले दिएको बयानलाई आधार मान्दै कार्कीले रवि लामिछानेले जेल नभत्काउन, तोडफोड नगर्न समेत आग्रह गरेको जनाएका छन् ।  ऋषि धमलासँगको अन्तरवार्ताका क्रममा अध्यक्ष कार्कीले नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीले सुरक्षाको कारण नै परिवार र रास्वपाका नेताहरूलाई फोन गरेर बोलाएर जिम्मा लगाएको कार्कीले बताएका हुन । जेनजी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट रवि लाई परिवारको जिम्मा लगाइएको  थियो ।