काठमाडाैं । उत्तेजनात्मक अभिव्यक्ति र देशव्यापी आन्दोलनको घोषणा गर्दै सार्वजनिक शान्ति भंग हुने गतिविधि बढाएको आरोपमा दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनी आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पेश गरिनेछ।
प्रसाईंलाई गए राति भक्तपुर ठिमीस्थित घरबाट काठमाडौँ प्रहरी परिसर र अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो। उनका अभिव्यक्ति र योजनाले हिंसा भड्किन सक्ने जोखिम देखिएकाले पक्राउ गरिएको प्रहरीले बताएको छ।
उनले ७ गतेदेखि देशभर आन्दोलन गर्दै यातायातदेखि विभिन्न क्षेत्र ठप्प पार्ने चेतावनी दिएका थिए। त्यस्तै, देशको प्रतिष्ठासँग जोडिएको एनपीएलसमेत रोक्ने चेतावनी दिएको भिडियो सार्वजनिक भएपछि सुरक्षा निकायले स्थिति संवेदनशील भएको ठहरेका थिए।