काठमाडौँ । जेन जी आन्दोलनले ब्यबसायमा ठूलो क्षति ब्यहोरेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने व्यवसायि बनेका छन् । जेनजी आन्दोलनमा उनका प्राय सबै भाटभटेनी सुपरमार्केट जलेर खरानी भएका थिए । तर, पनि उनले अहिले राज्यलाई सब्रै भन्दा बढी कर तिरेका छन्। कर दिवसका अवसरमा व्यवसायी मीनबहादुर गुरुङलाई सरकारले उत्कृष्ट करदाताका रूपमा सम्मान समेत गरेको छ ।
आज आयोजित कार्यक्रममा गुरुङसहित उत्कृष्ट करदाता सम्मानित भएका हुन् । व्यवसायी गुरूङले ठूलो क्षति भएको भाटभटेनी सुपरमार्केट आगलागीको घटनालाई 'स्वीट पेन’ को रूपमा लिएको बताएका छन् । सञ्चालक गुरूङ्ले आफूमाथि लागेका अनेक आरोप र क्षतिलाई सहर्ष स्वीकार गरेको उल्लेख गरे। उनले आफ्नो संस्थाले कर तिरेर बचेको नाफा दान दिन चाहेको र स्वास्थ्य क्षेत्रमा धेरै ठूलो सहयोग गरेको जानकारी दिए। भगवान कोइराला अस्पताल र टिचिङ अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा भाटभटेनीले सहयोग गरेको पनि उनले बताए।
गुरूङले मूल्य अभिवृद्धि कर (भ्याट) सुरू हुने बेलामा आफू सबैभन्दा बढी खुसी भएको स्मरण गरे। तर, पछि अरूले गरेको गल्तीमा आफूले सजाय पाएको तितो अनुभव पनि सुनाए । गुरुङले भने–देशको राजश्व खातामा कम पैसा जम्मा गरौँ भन्ने मलाई कहिल्यै लागेन । उनले भने, "जति सक्छौँ तिरौँ भन्ने लाग्छ र हामीले तिरेको करबाटै देश बन्ने हो । आखिर घुमेर त्यसको फाइदा हामीलाई नै हुने हो । म कोहीबाट लिन्नँ, दिन्छुमात्रै । भाटभटेनीले कमाउँदैन यसले दान गर्छ ।"
उनले जेनजी आन्दोलन पछि थप मेहनत गरेको र अहिले त्यसको फलस्वरूप ठूलो सफलता मिलेको बताए। त्यतिबेला २ अर्बको कारोबार हुने भाटभटेनी अहिले ३३ अर्बको कारोबार गर्न सक्षम भएको उनले बताए। गत भदौ २३/२४ मा भएको आगलागीबाट ठूलो क्षति भएको बताए। एनका प्राय सबै जसो भाटभटेनी खरानी बनाईएको थियो । निजी ब्यबसायमा नै जेन्नजी आन्दोलनले ठुलो क्षति ब्यहोर्नु पर्याे । कर कै भरमा चलेको देशमा ठुला ब्यापारिहरु अहिले लगानी गर्न डराउनु पर्ने वातावरण सिर्जना भएको छ । यस्तै व्यक्तिगततर्फ राजबहादुर शाह सबैभन्दा ठूलो करदाता घोषित हुँदा वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केट परेको छ ।
त्यस्तै डाबर नेपाल, आईएमई लिमिटेड, युनिलिभर, नोबेल मेडिकल कलेज तथा अस्पताललगायतका संस्था धेरै कर तिर्नेमा परेका छन् ।आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी आय कर तिर्ने नेपाल दूरसञ्चार प्राधिकरणले सबै भन्दा धेरै कर तिरेको छ । बस्तु निर्याततर्फ सबैभन्दा धेरै कर तिर्ने डाबर नेपाल प्रालि रहेको छ । सूचना प्रविधि सम्बन्धी सेवा निर्याततर्फ भेरिक्स नेपाल प्रालि रहेको छ ।