Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा छाडेका सन्तोष परियारले मध्यराति लेखे: पागल करार हुन्छु तर मान्छेका लागि लडिरहन्छु

रास्वपा छाडेका सन्तोष परियारले मध्यराति लेखे: पागल करार हुन्छु तर मान्छेका लागि लडिरहन्छु

काठमाडौँ ।   केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियारले मध्यराति फेसबुकमा स्टाटस लेख्दै आफू मान्छेको न्यायका लागि लडिरहने अठोट व्यक्त गरेका छन्।

यसका निम्ति 'पागल'को आरोप खेप्न परे पनि पछि नहट्ने प्रतिबद्धता उनले प्रकट गरेका छन्।

उनले लेखेका छन्, 'एक्लै हुन्छु। पागल करार हुन्छु। असफल प्रमाणित हुन्छु। तर, म मान्छेका लागि लडिरहन्छु।'

गत कात्तिक २८ गते रास्वपा त्यागेका परियारले त्यही दिन नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग ५ बुँदे सहमति गरेका छन्।

रास्वपाका तत्कालीन सचिवालय सदस्य परियारले राजीनामा पत्रमा लेखेका छन्, 'निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु। नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दु:खी छु।' 

रास्वपा त्यागेपछि विभिन्न कोणबाट आलोचना भइरहेका बेला आइतबार मध्यराति स्टाटस लेख्दै परियारले आफ्नो अडान प्रस्तुत गरेका हुन्।