Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जनार्दन शर्माको संरक्षकत्वमा आयोगमा दल दर्ताको निवेदन,चुनाव चिह्न तीन पात प्रस्ताव

जनार्दन शर्माको संरक्षकत्वमा आयोगमा दल दर्ताको निवेदन,चुनाव चिह्न तीन पात प्रस्ताव

काठमाडौँ । जनार्दन शर्माको संरक्षकत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइएको छ । एकीकृत समाजवादी लगायतका दलसँगको एकता अस्वीकार गर्दै बाहिरिएका शर्माको संरक्षकत्वमा प्रगतिशील नागरिक पार्टी नाम राखेर आयोगमा दल दर्ताका लागि निवेदन दिइएको हो ।पार्टीको अध्यक्षमा सविन सिग्देल र चुनाव चिह्न तीन पात प्रस्ताव गरिएको छ ।

पार्टीको केन्द्रीय समिति २५ सदस्यीय प्रस्ताव गरिएको छ ।निर्वाचन चिह्न तीन पात प्रस्ताव गर्दै यही कात्तिक २१ गते आयोगमा निवेदन पेश भएको थियो । तर, दलको नाम संशोधन गर्दै केन्द्रीय समितिमा रहेकाले सनाखत गरी पुन दर्ताका लागि निवेदन दिएको हो ।

जनार्दन शर्मा नेतृत्वको समूहमा विघटित माओवादी केन्द्रका नेता राम कार्की, सुदन किराती लगायतका नेताहरू समेत छन् । शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार पनि यही दलमा समाहित हुने भएका छन् ।