Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्ने

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्ने

काठमाडौँ । एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्ने भएको छ ।  केपी शर्मा ओली नेतृत्वको एमालेले प्रतिनिधिसभा पुनर्स्थापनालगायत माग राखेर जनसभा गर्न लागेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

प्रदर्शनका लागि ‘प्रतिगामी षड्यन्त्र–मुर्दावाद’, ‘विघाटित प्रतिनिधिसभा पुनर्स्थापना गर’, ‘२३ र २४ को आपराधिक घटनाको निष्पक्ष छानबिन गर’, ‘तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर’ नारा तय गरेको छ ।

एमालेले अघिल्लो शनिबार पालिकास्तरमा जनसभा गरेको थियो ।