Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उपेन्द्र यादवको जसपा फुटेर बन्यो जलोपा, चुनाव चिन्ह भैँसी प्रस्ताव

उपेन्द्र यादवको जसपा फुटेर बन्यो जलोपा, चुनाव चिन्ह भैँसी प्रस्ताव

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । जसपाको अधिवेशनमा महासचिवको उम्मेदवार बनेर पराजित अशोक यादवले पार्टी विभाजन गरेका हुन्।  

उनले जसपा फुटाएर जनता लोकतान्त्रिक पार्टी (जलोपा) गठन गरेका छन्। उनको पार्टीको चुनाव चिन्ह भैँसी राखिएको छ।    

अशोक महासचिवको उम्मेदवार हुनुअघि सो पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष रहेका थिए। तर उनले दबाब र षडयन्त्रपूर्वक आफ्नो उम्मेदवारी हटाइएको भन्दै पार्टीमा संघर्ष गर्दै आइरहेका थिए।  

अशोक यादवले आफ्नो अध्यक्षतामा निर्वाचन आयोगमा जलोपा  दर्ताका लागि निवेदन दिएको बताए।  

सो पार्टीको संरक्षकमा भने जसपा नेपाल छाडेका अमरेशनारायण झा छन्। २१ सदस्यीय कार्यसमिति रहेको पार्टीका अधिकांश नेता जसपा छाडेकाहरू छन्।

पार्टीको सदस्यहरुकम बलराम प्रसाद यादव, राजनारायण चौधरी, भगतराम चौधरी, सुमित्रा चौधरी, निरंकार यादव, श्याम शेखर झाँ, सुरेन्द्र यादव, किशोर अधिकारी, माया बिष्ट, कल्पना शर्मा, दुर्गादेवी घिमिरे, राजेन्द्र शर्मा, अनु बिष्ट, मयाली चौधरी, सरोज चौधरी, शेख अर्शद,विष्णु नारायण यादव,  काशिन्दर राम, श्यामबाबु चौधरी,  रजनी शाक्य छन्।

जसपा यसअघि पनि फुटेको थियो। त्यति बेला अशोक राईले पार्टी फुटाएका थिए। राई नेतृत्वको पार्टी भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १० बढी वामपन्थी घटकहरु मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने तयारीमा छन्।