Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कुलमानले रोकिदिए २ सहसचिवको विदेश भ्रमण

कुलमानले रोकिदिए २ सहसचिवको विदेश भ्रमण

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात,सहरी विकास मन्त्रालयका मन्त्री कुलमान घिसिङले आफ्नै मन्त्रालयअन्तर्गतका दुई सह-सचिवको विदेश भ्रमण कार्यक्रम रोक्का गरेका छन्।

विपद् व्यवस्थापनसम्बन्धी इटलीमा हुने कार्यक्रममा सहभागी हुन भौतिक पूर्वाधार सह-सचिव सुशलीबाबु ढकाल र सहरी विकास सह-सचिव दिलीप भण्डारी मंसिरको पहिलो सातामा सातदिने भ्रमणमा जाने तयारी गरिएको थियो। 

कार्यक्रम मंसिर ६ देखि १३ गतेसम्म रहने तालिका बनाइएको थियो, जसमा विपद् व्यवस्थापन प्राधिकरणका उच्च अधिकारीहरू पनि सहभागी हुने छन्। प्राधिकरण भने मन्त्री घिसिङको मातहतमा नपर्ने निकाय हो।

नियमअनुसार सह–सचिवस्तरका कर्मचारीलाई विदेश यात्रा स्वीकृत गर्न मन्त्रीस्तरीय निर्णय आवश्यक पर्छ। यही प्रावधानअनुसार मन्त्री घिसिङले भौतिक र सहरी विकासका सह–सचिवहरूको भ्रमण रोकिदिएका हुन्।

मन्त्रीको सचिवालयका अनुसार हाल मन्त्रालयमा अत्यधिक कार्यभार भएकाले सानातिना कार्यक्रममा विदेश जाने आवश्यक छैन भन्ने ठहरपछि भ्रमण अस्वीकृत गरिएको हो।

“अहिले रातदिन खटेर काम गर्नुपर्ने अवस्था छ। यस्तो बेलामा यस्ता साना कार्यक्रममा विदेश जाने औचित्य छैन भनेर मन्त्रीज्यूले भ्रमण रोख्नुभएको हो,” सचिवालयका एक कर्मचारीले बताए।