Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नारायणकाजीपछिको वरीयतामा नेकपामा समाहित हुँदै भीम रावल

नारायणकाजीपछिको वरीयतामा नेकपामा समाहित हुँदै भीम रावल

काठमाडौं-  नेकपा (एमाले) का पूर्वउपाध्यक्ष डा. भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। 

गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका शीर्ष नेतासँगको छलफलपछि रावल नेतृत्वको अभियान नेकपामा मिसिने निश्कर्षमा पुगेको हो। नेकपाका नेता प्रकाश ज्वालाका अनुसार आज रावल र एमालेका केन्द्रीय सदस्य प्रकाश शाह लगायतलाई पार्टीमा भित्र्र्याउने कार्यक्रम छ। 

दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको ‘बृहत् पार्टी समायोजन कार्यक्रम’मा प्रचण्ड, नेपल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। रावलसँग कैलाली अछामलगायत जिल्लामा राम्रै संगठन छ। 

प्रवासमा पनि रावलको राम्रो संगठन रहेको बताइन्छ। गत वर्ष पुसमा पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेले पार्टीबाट निस्कासन गरेको थियो। रावललाई नेकपामा छैटौं बरियता दिने सहमति भएको छ। 

६ महिनाभित्र एकता महाधिवेशन गर्ने र पार्टीका दस्तावेज लेखनको नेतृत्व रावललाई दिने लगायतका समझदारी भएका छन्।