काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाले पार्टी खोल्न निर्वाचन आयोगमा निवेदन दिएको खुलेको छ । धमलाप्रमुख संरक्षक रहने गरी जनादेश पार्टी नेपालले दर्ताका लागि निवेदन दिएको खुलेको हो ।
उक्त पार्टीको अध्यक्षमा रमणकुमार कर्ण छन्। उक्त पार्टी निर्माण गर्ने चरणमा आफ्नो संलग्नता रहेको धमलाले बताएका हुन । उक्त दलले हातले समातेको माइक निर्वाचन चिह्न राख्ने गरी निवेदन दिएको छ।
धमला उक्त दल दर्ता बेला निवेदन दिन आयोगमा पुगेको पाइएको छ । उनले जेन जीहरुको मागलाई सम्बोधन गर्ने बताउँदै दल दर्ताको लागि पुगेको बताएका हुन । धमलाले पार्टीमा आफ्नो संलग्नता रहेको लालीगुँरास मिडिया सँगको फोन संवादमा बताएका छन।