Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

४०० केभी प्रसारण लाइन आसपास संरचना निर्माण र रुख रोप्न निषेध

४०० केभी प्रसारण लाइन आसपास संरचना निर्माण र रुख रोप्न निषेध

काठमाडाैं । नेपाल सरकारले एमसीए–नेपालद्वारा निर्माण भइरहेको ४०० केभी विद्युत प्रसारण लाइनको दायाँबायाँ २३–२३ मिटरभित्र कुनै पनि संरचना निर्माण गर्न र रुख रोप्न निषेध गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन्।

यो निर्णय नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने करिब १३८१ हेक्टर क्षेत्रफलमा लागू हुनेछ।

मन्त्रिपरिषद्ले ऊर्जामन्त्रालय र सो मन्त्रालय अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय पनि गरेको छ।

Screenshot_11-11-2025_161711_www.facebook.com.jpeg