Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कुलमान घिसिङले विद्युत् खरिदमा ४३ करोड घोटाला गरेको भन्दै बरखास्त गर्न जेन्जी मुभमेन्टको माग

कुलमान घिसिङले विद्युत् खरिदमा ४३ करोड घोटाला गरेको भन्दै बरखास्त गर्न जेन्जी मुभमेन्टको माग

काठमाडाैं । जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । घिसिङ समेतको संलग्नतामा ‘राष्ट्रघाती’ विद्युत खरिद सम्झौता भएको भन्दै उनलाई बर्खास्त गर्न माग गरिएको हो ।आज मात्रै नयाँ पार्टी दताए गर्न लागका घिसिङको जेन्जीको एक समुहले राजिनामा मागेको हो ।  कुलमान समेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सान हुनेगरी विद्युत खरिदबिक्री सम्झौता गरेको भन्दै ‘जेन–जी मुभमेन्ट’ले बर्खास्तीको माग गरेको हो ।

 जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले आज जारी गरेको विज्ञप्तिमा ऊर्जामन्त्री घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको ‘सेटिङ’मा भारतको कम्पनी पीटीसी इन्डियासँग ४३ करोड रुपैयाँबराबर नोक्सान हुने गरी गैरकानुनी विद्युत् खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनतामाथि खुलेआम प्रहार गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएका छ । ऊर्जामन्त्री कुलमान घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतको कम्पनी पीटीसी इन्डिया सँग ४३ करोड रुपैयाँ बराबर नोक्सानी हुने गरी गैरकानुनी विद्युत् खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनता माथि खुलेआम प्रहार गरिएको छ।

यो सम्झौता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा, विद्युत् नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भइसकेको छ। यो कार्य सिधा–सिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री हो। भनिएको छ । यस अगाडी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हिउँदयामको विद्युत् व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे भ्रम फैलाइएको बताएका छन्।

यो निर्णय व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभई राष्ट्र र नेपाल विद्युत् प्राधिकरणको हितमा गरिएको जिकिर उनले गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हिउँदयामको विद्युत् व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे भ्रम फैलाइएको बताएका छन्।  यो निर्णय व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभई राष्ट्र र नेपाल विद्युत् प्राधिकरणको हितमा गरिएको जिकिर उनले गरेका छन्।

 प्राधिकरणको प्रबन्ध निर्देशकमा सिलवाल नियुक्त भएको भोलिपल्टै सेटिङका आधारमा पीटीसी इन्डियाबाट महँगो दरमा नयाँ प्रस्ताव मगाएर त्यसैअनुसार सम्झौता गरिएको त्यसको मन्त्री घिसिङले खण्डन गरेका हुन् । आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौता नेपालकै हितमा रहेको घिसिङको भनाई छ । लामो समय देखी उर्जा क्षेत्रमा काम गरेर देशलाई नाफामा लगेका घिसिङ माथी घोटालाको आरोप लागे पछि तनाव उत्पन्न भएको छ ।