Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

वैवाहिक बलात्कारको आरोपमा जेल गएका ब्यक्ती जस्लाई श्रीमतीले नै धरौटी तिरेर निकालीन, घर गएकै दिन गरे श्रीमतीकै हत्या

वैवाहिक बलात्कारको आरोपमा जेल गएका ब्यक्ती जस्लाई श्रीमतीले नै धरौटी तिरेर निकालीन, घर गएकै दिन गरे श्रीमतीकै हत्या

काठमाडाैं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कारागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीय श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन्।

कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो । कुटपिटको घटनापछि बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए ।

उनलाई स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेका थिए । अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए । श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन् । घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको प्रहरीले जानकारी दिएको छ । उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन्भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए ।

पछिल्लो समय हत्याका श्रृङखला बढ्न थालेका छन् । सामान्य वादविवादमा उत्पन्न आवेगले पनि पछिल्लो समय हत्याको घटना बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ ।  अहिले असहनशील र उत्तेजक प्रवृत्तिले भएका घटनाका प्रशस्तै उदाहरण छन् । यस्तो असहनशीलता मर्ने र मार्नेसम्म पुगेको छ, समाजिक बनावट , अविश्वास, आर्थिक कारोबारले निम्त्याएको विवाद, आवेग, उत्तेजना र तनावलाई नियन्त्रण गर्न नसक्दा पनि यस्ता घटना बढेका छन् ।

पछिल्लो समय हत्या हिंंसाका घटनामा समेटत बृद्धि भएको छ। मादक पदार्थ सेवनका कारण पनि हत्याका घटना भएको देखिएको छ । समूहले गरेको हत्या घटनामा अर्कोमाथि हाबी हुने प्रवृत्ति पनि बडी छ । पछिल्लो समय जघन्य प्रकृतिको अपराध कर्तव्य ज्यानका घटना महिनापिच्छे हुने गरेको छ । मानिसहरुको उत्तेजक प्रबृतिका कारण मानवियता क्रमश हराउँदै गएको अवस्था छ ।

आर्थिक अभाव र उच्च महत्वाकाङ्क्षालगायतका कारणले मानिसहरू विस्तारै क्रुर हुँदै गएका छन् । समाजमा अपराधका घटना कम गर्न सबैभन्दा महत्वपूर्ण कुरा नैतिक शिक्षा हो । जघन्य अपराधका घटना नियन्त्रणका विषयमा नैतिक शिक्षा फैलाउनुपर्ने र युवाहरूका लागि अवसर र रोजगारी सिर्जनामा ध्यान दिनु पर्ने धेरैको  धारणा छ । नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्नेलगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भइरहेको भए पनि पछिल्लो समयमा समाजमा आपराधिक घटनाहरू बढिरहेका छन् ।  त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतीको विषय बनेको  छ ।