Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओलीको चाहाना पुरा गर्न होटलमै सुटुक्क शपथ गराएकी सुमित्राको पद नै गयो

ओलीको चाहाना पुरा गर्न होटलमै सुटुक्क शपथ गराएकी सुमित्राको पद नै गयो

काठमाडाैं । केपी शर्मा ओलीको पोल्टाबाट मधेस प्रदेश प्रमुख नियुक्त भएकी सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दल नेता सरोजकुमार यादवलाई बर्दिबासको एक होटलमा मुख्यमन्त्रीको नियुक्ति गरेर त्यही शपथ खुवाए पछि उनको पद नै गएको छ । संविधानको विपरित गए पछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी हुन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि भण्डारीलाई पदमुक्त गरेको शीतल निवासले जनाएको छ । रातारात होटलमा मुख्यमन्त्री नियुक्त र शपथ गरेपछि भण्डारीको चौतर्फी विरोध भएको थियो । सरकारले उनको ठाउँमा सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुख नियक्तिका लागि सिफारिस गरेको छ ।

भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान नै नगरी यादवलाई महोत्तरीको बर्दिवासको पानस होटलमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्।  त्यसको विरोधमा सात दलले प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गरेका थिए। विरोधमा उत्रिएका सांसद तथा कार्यकर्ताले तोडफोड पनि गरेका थिए। उनीले कार्यालयमा हंगामा नै मच्याए ।

 त्यसपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले प्रदेश प्रमुखलाई नियुक्त तथा पदमुक्त गर्ने संवैधानिक व्यवस्था छ। मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधार १ (ख) बमोजिम मधेश प्रमुख सुवेदीलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । स्वास्थ्य उपचारका लागि काठमाडौं जान्छु भनेर हिँडेकी प्रदेश प्रमुख सुवेदीले पानस होटलमा सोमबार बिहान झिसमिसेमा एमाले नेता यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

ओलीको निर्देशन मानेकी भण्डारीको पद नै गएको छ । उनी ओलीकी प्रिय पात्र हुन् । भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूत प्रस्ताव गरेका थिए । विश्वासको मत प्राप्त गर्ने स्थिति नरहेपछि सोनलले शनिबार मात्रै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । एमाले, नेपाली कांग्रेस बाहेक एक–एक सिट भएका नेपाल संघीय समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकको समर्थनमा सोनल २५ दिनअघि मुख्यमन्त्री नियुक्त भएका थिए।

शनिबार उनले विश्वासको मत लिँदै थिए। विश्वासको मत टेबल भएर मत विभाजनको प्रक्रियामा जानै लाग्दा नवगठित नेपाली कम्युनिस्ट पार्टीभित्र विद्रोह भयो। तत्कालीन माओवादी केन्द्रका सांसद रहबर अन्सारीले सभामै पुगेर आफैलाई मोसो पोत्दै सोनललाई मत नदिने घोषणा गरे। इ संगै सोनलको विश्वासको मत नपाउने सम्भावना बढेपछि ओलीले त्यसको फईदा उठाउन खोजेका थिए । तर, ओलीकै कारण भण्डारीले आफ्नो पदनै गुमाउनु पर्याे ।