Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आलमको निधनले स्थगित कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने

आलमको निधनले स्थगित कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने

काठमाडौँ : दुईदिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दैछ। पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधन भएपछि २ दिन स्थगित भएको थियो।

बैठक साढे ११ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ । महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूले धारणा राखिरहेका छन्।