काठमाडौँ । रामकुमारी झांक्रीले पार्टी नखोल्ने जेनजीहरूलाई एमालेमा आउन आग्रह गरेकी छिन । एमालेमा प्रवेश गदैँ उनले एमालेमा आउँन र एमालेको चारवटै ढोका खुला भएको बताएकी हुन् ।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानमार्फत पार्टी प्रवेश गरेकी उनले सबै मिलेर जानुपर्ने बताईन । उनले जेनजी आन्दोलनपछि नेकपा एमाले भर्सेस जेनजी देखिएको दाबी समेत गरेकी छिन । उनले आफ्ना विगतका कमजोरी स्वीकार गरेको बताएकी हुन् ।