Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रामकुमारी झाँक्री, किसान श्रेष्ठसहित दजनौँ नेता कार्यकर्ता एमाले मा फर्किए

रामकुमारी झाँक्री, किसान श्रेष्ठसहित दजनौँ नेता कार्यकर्ता एमाले मा फर्किए

काठमाडौं। नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादी का नेतृ रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमाले मा समाहित भएका छन्।

106.jpg

सोमबार काठमाडौंको राष्ट्रिय सभा गृह मा एमालेले आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममार्फत उनीहरूलाई पार्टीको झण्डासहित खादामाला लगाएर स्वागत गरिएको थियो। कार्यक्रममा उनीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सांकेतिक रूपमा कलम हस्तान्तरण गरेका थिए।

101.jpg

समाहित हुनेमा केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई लगायत पनि रहेका छन्। त्यसैगरी अन्य पार्टी सदस्यहरू केदार प्रसाद गौतम, डा. सावित्रिदेवी न्यौपाने, उत्तमदेवी श्रेष्ठ, केशव सापकोटा, शत्रुजङ्ग बस्नेत, र धेरै अन्य नेताहरू पनि समावेश भएका छन्।

103.jpg

विघटित समाजवादीको चुनाव चिन्ह कमल थियो।