Shares
Shares
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको उम्मेदवारका लागि आवेदन आह्वान संगै समानुपातीक उमेरदवार बन्ने व्यक्तीका लागी शुल्क निर्धारण गरेको छ । पार्टीको विस्तारित बैठकमा सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रूपरेखामा आधारित रहेर रास्वपाले उम्मेदवारी आह्वान गरेको छ। (रास्वपा) ले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि ५० हजार रुपैयाँ शुल्क कायम गरेको रास्वपा स्रोतले जानकारी दिएको छ ।
रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । रास्वपाले उम्मेदवार छनोटको मापदण्ड बनाउनका लागि सहमहामन्त्री विपीन आचार्यलाई जिम्मेवारी तोकेको थियो । रास्वपाले उम्मेदवार हुनका लागि केही मापदण्ड तोकेको छ। जसअन्तर्गत सार्वजनिक पदको दुरुपयोग नगरेको स्वघोषणा, शैक्षिक प्रमाणपत्रको प्रमाणीकरणको स्वघोषणा, वैवाहिक अवस्थाको वैध स्पष्टताको स्वघोषणा, सार्वजनिक रूपमा प्रमाणित (अनलाइनसहित) घृणात्मक अभिव्यक्ति, दुव्र्यवहार, धम्की, जात–लिंग आधारमा अपमान वा कमजोर समूहको शोषण जस्ता आचरण नगरेको लगायत स्वघोषणा गरेको हुनुपर्ने रास्वपाले जनाएको छ।
उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, विधिसम्मत र निष्पक्ष भएको र नभएको मूल्याङ्कन गर्न रास्वपाले अडिट समिति बनाउने भएको छ। रास्वपामा अघिल्लो पटक समानुपातिकमा उठेर प्रतिनिधि बनेका सदस्यल् अब यस पटकको निर्वाचनामा उमेरदवारी निद नपाउने भएका छन्। रास्वपाले अब उमेरदवार नदोहोर्याउने बताएको छ । जेनजी आन्दोलन पछि यहि फागुन २१ ग्ते चुनाव गराउने प्रधानमन्त्री शुसिला कार्कीको अन्तरिम सरकारलाई म्याण्डेट तोकिएको छ ।
रास्वपाले जेनजी आन्दोलनकै क्रmममा सरकारले निर्दाेष विद्यार्थीको गोली हानेर हत्या गरेको आरोप लगाउँदै संसदबाट राजीनामा समेत दिएको थियो । निर्वाचको कार्यतालिका नजिकीए संगै रास्वपा भने तयारीमा जुटेको छ । रास्वपाले यस पटक बहुमत ल्याउने लक्ष्य सहित निर्वाचनमा होमिने बताएको छ । पार्टी सभापति रवि लामिछाने कारागारमा रहे पनि रास्वपा आफ्नो कर्म बाट पछि नहट्ने बताउँदै आएको छ। यद्यपी समानुपातिकको बन्द सूचीमा परेको तर पछि दलले प्राप्त गरेको मतको आधारमा कुनै व्यक्ति छनोट हुन नसक्ने अवस्था भयो भने पार्टीलाई बुझाएको रकम फिर्ता भने नहुने रास्वपाले जनाएको छ ।
रास्वपाले पार्टीको खर्चलाई चलाउनका लागी समानुपातीक तर्फ पनि शुल्क निर्धारण गर्ने भएको हो । यस्तै निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूलाई बन्द सूची पेश गर्न दुई दिन समय दिने तयारी गरेको छ । निर्वाचन तालिका अनुसार आयोगले पुस १८ र १९ गतेका लागि बन्द सूची पेश गर्ने मिति प्रस्ताव गरेको हो । यद्यपि आयोगले आवश्यक परे मितिमा हेरफेर गर्न सक्ने जनाएको छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209