काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक प्राध्यापकका संघ संगठन राजनीतिक दलको भ्रातृ संस्थाको रुपमा स्वीकार नगर्ने सूचनाप्रति थप प्रष्ट पारेका छन्। मन्त्री पुनले शिक्षक संघ संगठन राजनीतिक गतिविधिमा संलग्न भएमा कारबाही गर्ने चेतावनी दिएका थिए।
उनले आज फेरि सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्, मैले हिजो जारी गरेको सूचनाको बारेमा – संविधानले दिएको अधिकार कसैले खोस्न सक्दै सक्दैन। तर राजनैतिक पार्टीहरुको संरक्षणमा विद्यालयहरु र बिश्वविद्यालयहरुको सञ्चालनमा बाधा अड्चन पुर्याउन र विद्यार्थीहरुको भविष्य संग खेलवाड गर्न पाईने छैन भनेर सुचना गरेको हो। सिटिइभिटीमा, विद्यालयहरुमा र विश्वविद्यालयहरुमा अनेक किसिमका राजनैतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरु र अविभावकहरुको हजारौं गुनासो र उजुरी सुनेर सो सुचना प्रकाशित गरिएको हो। त्यस्तो अनावश्यक राजनिति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार नै हो। सो सम्बन्धि सर्वोच्च अदालतले जारी गरेको आदेश र ऐन कानुनका धाराहरु पनि हेर्नुहोला। अब फाल्गुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने बिनम्र अनुरोध छ। “नविराउनु नडराउनु“ भन्ने नेपाली उखान छ नि त। उनले भनेका छन ्। सिटिइभिटीमा, विद्यालयहरुमा र विश्वविद्यालयहरुमा अनेक किसिमका राजनैतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरु र अविभावकहरुको हजारौं गुनासो र उजुरी सुनेर सूचना प्रकाशित गरिएको उनले प्रस्ट पारेका छन्।
शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेसागत आचरण र कर्तव्यविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको र शैक्षिक गुणस्तर खस्किएको गुनासो आएको भन्दै राजनीतिक क्रियाकलापमा संलग्न हुनेलाई प्रचलित कानुनअनुसार पदबाट बर्खास्तसम्मको कारबाही हुने चेतावनी दिएका छन् । शिक्षकहरु प्नि पार्टीगत काममा लागेपछि पठनपाठनमा समस्या भएको भन्दै आलोचना भई रहेको छ । अहिले मन्त्री पुनले कोहि शिक्षक संगठनमा आबद्ध भए कारवाहि गर्ने चेतावनी दिएका हुन् ।
राजनीतिक दलमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध हुने शिक्षकदेखि संगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको उनले हिजै बिज्ञप्ती जरी गरेर जानकारी दिएका छन्। आज पनि उनले पुन स्ट्याटस राख्दै चेतावनी दिएका छन् । राजनितीक दल तथा संगठनहरुको मारमा जहिले पनि विद्यार्थी पर्ने गरेका छन् । शिक्षकहरु नै राजनितीमा लागेर विद्यार्थीको भविश्यमाथी खेलवाड गरिरहेको अवस्था छ । विभिन्न गुट र उप गुट पार्टी भित्रै मात्रै छैन । शिक्षकहरुका संगठनमा पनि छन् । त्यसैले मन्त्री पुनले विद्यालयबाट राजनिती हटाउन शिक्षकमा राजनितीक प्रतिबन्धको तयारी गरेका हुन् ।
