Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज ‘पुरानै घर’ फर्किँदै रामकुमारी झाक्री

आज ‘पुरानै घर’ फर्किँदै रामकुमारी झाक्री

काठमाडौँ- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीलगायत नेता सोमबार एमालेमा फर्किँदैछन् । झाँक्री, किसान श्रेष्ठलगायत औपचारिकरूपमा एमालेमा प्रवेश गर्न लागेका हुन्। 

यसका लागि एमालेले दिउँसो साढे २ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ सभाको आयोजना गरेको छ। सोही कार्यक्रममार्फत औपचारिकरूपमा नेकपा एमाले प्रवेश गर्न लागेका हुन् । 

झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यो घर फर्क अभियान भएको बबताएकी छिन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले छाडेकाहरुलाई पार्टीमा फर्कन आह्वान गरेका थिए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसहित दलहरूसँग एकता गरेपछि झाँक्री असन्तुष्ट थिइन्।