Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बिरामी भनेर काठमाडौँ हिँडेकी मधेशकी प्रदेश प्रमुखले एमालेका यादवलाई गरिन् मुख्यमन्त्री नियुक्त, रातिनै शपथ र सरकार विस्तार

बिरामी भनेर काठमाडौँ हिँडेकी मधेशकी प्रदेश प्रमुखले एमालेका यादवलाई गरिन् मुख्यमन्त्री नियुक्त, रातिनै शपथ र सरकार विस्तार

काठमाडौँ- मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ । सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो ।

सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका छन् । संघीय समाजवादी र राप्रपाको मधेश प्रदेशमा एक–एक सिट छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनलले यही कात्तिक २३ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । 

प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै सोमबार बिहान उज्यालो नहुँदै जनकपुरबाट काठमाडौँ जान भनेर हिँडेकी थिइन्। 

जनकपुरबाट काठमाडौँ जान भनेर हिँडेकी भण्डारीले बर्दिबासको पानस कटेजमा सानो उपस्थितिकाबीच यादवलाई मुख्यमन्त्री नियुक्त गर्दै शपथसमेत गराएकी हुन्।