Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बिजुलीको चिम चुनाव चिह्न राखेर पार्टी दर्ता गर्ने तयारीमा कुलमान

बिजुलीको चिम चुनाव चिह्न राखेर पार्टी दर्ता गर्ने तयारीमा कुलमान

काठमाडौँ- कुलमान घिसिङले सोमबार राजनीतिक पार्टी दर्ता गराउने भएका छन् । स्रोतका अनुसार सोमबार निर्वाचन आयोगमा दर्ता गर्न लागिएको पार्टीको नाम नेपाल जनसेवा रहने विषयमा छलफल भएको छ ।

पार्टीको आन्तरिक काम सकिएको भएपनि सहभागी हुने नागरिकहरूसँग पार्टीको नाममा अन्तिम छलफल भइरहेको स्रोतले बतायो ।

स्रोतका अनुसार अहिलेसम्मको तयारीमा पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्नेबारे मोटामोटी सहमति भइसकेको छ भने चुनाव चिन्ह बिजुलीको बल्ब (चिम) हुनेछ ।

नयाँ बन्ने जनसेवा पार्टीमा कुलमान घिसिङ, सुदन गुरुङ समूह, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालय र संयूक्त पहिचानवादी मोर्चा जोडिने सम्भावना छ ।

पहिचानवादी मोर्चामा आठ घटकका पहिचानवादी समूह छन् ।