काठमाडौं । नेपाल ट्रस्टका पूर्व सहसचिव लेखबहादुर कार्कीलाई जग्गा लिज प्रकरणमा थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले आठ दिनको थप हिरासत अनुमति दिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीका अनुसार ६६ वर्षीय कार्कीलाई शुक्रबार चितवनको भरतपुर महानगरपालिका–१५ बाट पक्राउ गरी काठमाडौं ल्याइएको हो। उनीमाथि नेपाल ट्रस्टको नाममा दर्ता रहेको काठमाडौंको जग्गा ३० वर्षका लागि अनुचित रूपमा लिजमा दिएर संस्थालाई आर्थिक नोक्सानी पुर्याएको आरोप लागेको छ।
प्रहरीले ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ, किनभने उक्त सम्झौता बद्नीयतका साथ गरिएको र ट्रस्टको सम्पत्तिलाई क्षति पुर्याउने खालको रहेको प्रारम्भिक निष्कर्ष छ।
पुर्व सहसचिव भन्दै प्रयोग गरिएको तस्बिर गलत हुन् गएकोमा क्षेमा चाहन्छौ,समाचारमा उक्त तस्बिर हटाइएको जानकारी गराउछौ।