Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मिनबहादुरको भाटभटेनी भत्काउदा एक जनाको मृत्यु

मिनबहादुरको भाटभटेनी भत्काउदा एक जनाको मृत्यु

काठमाडौँ भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा आगोले पूर्ण रूपमा नष्ट भएको नक्सालस्थित भाटभटेनी सुपरमार्केटको पुनर्निर्माण कार्य अहिले जारी छ।

उक्त नष्ट भएको भवन भत्काउने क्रममा एक जनाको ज्यान गएको छ भने अर्का एक व्यक्तिको अवस्था गम्भीर रहेको काठमाडौं प्रहरी प्रमुखले जानकारी दिएका छन्।

भवनको भग्नावशेष लागेर घाइते भएकाहरुको उद्धार गरेर अस्पताल लगिएको छ । घटनास्थलमा प्रहरी पुगेका छन् भने नक्साल भाटभटेनी क्षेत्रमा आवागमन प्रभावित भएको छ।