Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वर्णलक्ष्मी सहकारी ठगीमा फरार ज्ञानबहादुर बम्जन पक्राउ

स्वर्णलक्ष्मी सहकारी ठगीमा फरार ज्ञानबहादुर बम्जन पक्राउ

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार आरोपी ज्ञानबहादुर बम्जन पक्राउ परेका छन्। उनी सिन्धुलीको दुधौलीका बासिन्दा हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई सोह्रखुट्टेबाट पक्राउ गरेको परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। बम्जन जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार भएका थिए।

बम्जन कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा हिरासतमा थिए। उनी सहकारी ठगीका मुख्य व्यक्ति भनिएका जीबी राईका जेठान हुन्। साथै, उनी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग पनि जोडिएका थिए। अदालतको आदेशपछि उनलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरिएको थियो।