Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सोनलको राजीनामा पछि प्रदेश प्रमुख भण्डारी सक्रिय, नयाँ सरकार गठनको तयारी

सोनलको राजीनामा पछि प्रदेश प्रमुख भण्डारी सक्रिय, नयाँ सरकार गठनको तयारी

काठमाडौँ । मधेश प्रदेशमा राजनीतिक अस्थिरता फेरि सतहमा आएको छ। शनिबार साँझ कार्यवाहक मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ।

राजीनामापछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले कांग्रेस, एमाले र अन्य दलका नेताहरूसँग परामर्श सुरु गरेकी छन्। छलफलका क्रममा सोनल समर्थित दलहरूले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गर्न आग्रह गरेका थिए।

तर एमालेले उक्त धारा प्रयोग गर्न नसकिने भन्दै प्रदेश प्रमुखलाई अर्को कानुनी धाराको प्रयोग गर्न सुझाव दिएको छ। प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत सत्रुधन यादवका अनुसार हाल स्थिति अन्योलपूर्ण छ र परामर्श जारी रहेको छ।

सोनल असोज २९ गते ५६ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए, तर विश्वासको मत लिने दिन सत्तासाझेदार दलको विद्रोह र अनुपस्थितिका कारण राजीनामा दिन बाध्य भएका थिए।