काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले आगामी हिउँदयाममा विद्युत आपूर्ति सुनिश्चित गर्न भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौता पूर्ण रूपमा राष्ट्र, प्राधिकरण र जनताको हितमा गरिएको स्पष्ट परेका छ। उनले यस निर्णय कुनै व्यक्तिगत स्वार्थ वा अनियमित कारणले नभई पारदर्शी प्रक्रिया र सबैभन्दा सस्तो दरमा विद्युत खरिद गर्ने अभ्यासअनुसार गरिएको पनि बताएका छन् ।
घिसिङका अनुसार, नदी प्रवाहमा आधारित प्रणालीले वर्षायाममा निर्यात र सुख्खायाममा केही आयात आवश्यक पार्छ। “यदि यो कदम समयमै नचालिन्थ्यो भने महँगो विकल्पमा जानुपर्ने र विद्युत आपूर्तिमा जोखिम बढ्ने थियो। हामीले नियमन आयोगको स्वीकृति लिएर लामो समयको अभ्यासअनुसार विद्युत खरिद गरेका छौं, जसले हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्छ र महँगो आयातको बाध्यता हटाउँछ,” उनले भने।

उहाँले सबैलाई भ्रममा नपर्न आह्वान गर्दै, निर्णय राष्ट्र र जनताको दीर्घकालीन हितमा गरिएको बताउनुभयो।
