Shares
Shares
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा निर्वाचन पछि मात्र पार्टीको महाधिवेशन गर्ने निष्कर्षमा पुगेको छ । रास्वपाले फागुनमा तोकिएको पार्टीको महाधिवेशन निर्वाचनको ६ महिना पछि मात्र सम्भव रहेको निचोड निकालेको हो ।
रास्वपा नेता तोसिमा कार्कीले आगामी मंसिर मै पार्टीको महाधिवेशन गर्नुपर्ने लिखित सुझाव पार्टीमा राखेकी थिईन। पार्टीको विस्तारित बैठकमा आफ्नो तर्फबाट लिखित सुझाव पेश गर्दै उनले महाधिवेशनलाई पार्टीको ‘अक्सिजन’ रुपमा अर्थ लगाएकी थिईन । तर, पार्टीले समय अभाव भएकाे भन्दै महाधिबेशनलाई पुन सार्ने निर्णय गरेको छ ।
रास्वपा केन्द्रीय समितिको विस्तारित बैठकले अप्रत्याशित राजनीतिक परिस्थितिका कारण पूर्वघोषित महाधिवेशन (फागुन ७–९) हुन नसकेको र चुनाव भएको ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तालिका ल्याउन केन्द्रीय समितिलाई निष्कर्ष सहित सुझाव दिएको हो ।
पूर्वघोषित महाधिवेशन फागुन ७–९ सम्म राखिएको थियो । तर, जेनजी आन्दोलन पछि राजनितीक कोर्स फेरिएको छ । २०८४ मा हुनु पर्ने निवार्चन २०८२ मै हुदै छ । जेन्जी आन्दोलनले तत्कालीन सरकार अपदस्त गरे पछि अहिले पुर्व प्रधानन्याधिस शुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । यो सरकारलाई फागुन २१ गते निर्वाचन गराउने म्याण्डेट तोकिएको छ ।
फागुनमा नै निर्वाचन हुने भएकाले रास्वपाले महाभिवेशन सारेर निर्वाचनमा होमिने तयारी गरेको हो । रास्वपाका लागी यो निर्वाचन प्रतिष्ठाको बिषय बनेको छ । पुरानो नेतृत्वलाई चुनौति दिएको रास्वपालाई प्रमाणित गर्ने समय पनि छ । त्यसैले महाधिबेसन सारेको रास्वपाको भनाई छ ।
रास्वपा केन्द्रीय समितिको विस्तारित बैठकले अप्रत्याशित राजनीतिक परिस्थितिका कारण पूर्वघोषित महाधिवेशन हुन नसकेको र चुनाव भएको ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तालिका ल्याउन केन्द्रीय समितिलाई निष्कर्ष सहित सुझाव दिएको हो ।
बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराएको छ छिटफुट असन्तुष्टि रहे पनि निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भई लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ पार्न सम्पूर्ण राजनीतिक दलहरूलाई आह्वानसमेत गरेको छ ।
घोषित निर्वाचनको परिणाम देश र जनताको सर्वोपरी हित एवम् राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा हुनेगरी जनमत निर्माणमा लाग्न पार्टीका सम्पूर्ण संरचना, सदस्य एवं शुभेच्छुकलाई आह्वान गरेको छ । यस अगाडी पनि रास्वपाको महाधिवेशन पटक पटक सर्दै आएको छ । रवि लामिछाने कारागार चलान भए पछि रास्वपा यस अगाडी केही हच्किएको थियो ।
अहिले भने निर्वाचनलाई प्राथमिकता राखेर अगाडी बढ्ने तयारी रास्वपाले गरेको हो ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209