काठमाडौं। काठमाडौंको कपनमा भएको लुटपाट घटनामा संलग्न एक युवक प्रहरीको पोशाकमै पक्राउ परेका छन्।
प्रहरीका अनुसार अछाम मल्लेक गाउँपालिका–७ का २२ वर्षीय अमृत साउँदलाई आइतबार बिहान कपन क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनले नेपाल प्रहरीको ट्र्याकसुट लगाएर हिँडिरहेका बेला प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको थियो।
उनको कोठामा गरिएको तलासीमा कम्प्युटर, सिपियू, प्रिन्टर, प्रहरीको रेनकोट, बुट र तरबार फेला परेको प्रहरीले जनाएको छ। यी सामग्री भदौ २४ गते प्रहरी प्रभाग कपनमा भएको लुटपाटमा प्रयोग भएको आशंका गरिएको छ।
प्रहरीले साउँदमाथि थप अनुसन्धान सुरु गरेको जनाएको छ।