Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको पक्षमा भएको हस्ताक्षर अभियानको प्रतिवेदन सार्वजनिक,३३ लाख खर्च

रवि लामिछानेको पक्षमा भएको हस्ताक्षर अभियानको प्रतिवेदन सार्वजनिक,३३ लाख खर्च

काठमाडौँ । रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध चलाइएको हस्ताक्षर अभियानको प्रतिवेदन सार्वजनिक भएको छ । दीपक बोहराले चितवनामा आयोजित बिस्तारित बैठकमा प्रतिवेदन सार्वजनिक गरेका हुन् । बोहोरा अभियान परिचालन तथा व्यवस्थापन मूल समितिका संयोजक समेत हुन् ।

अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको उनले जनाएका छन। जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३ हजार ७५, केन्द्रीय कार्यालयमा चेकबाट २ लाख ६० हजार ७ सय ७७ र क्यूआर कोड र बैंकमार्फत ५३ लाख ८५ हजार ६ सय ७० रुपैयाँ संकलन भएको थियो । पार्टीले असार ७ गतेदेखि जेनजी अन्दोलनअघिसम्म हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । 

उक्त अभियान सञ्चालनका क्रममा ३३ लाख ७२ हजार ४ सय ४२ रुपैयाँ खर्च भएको संयोजक बोहराले जानकारी दिएका छन् । जसमा अपील र हस्ताक्षर फारम छपाईमा १९ लाख ६९ हजार ६ सय ६९ रुपैयाँ, फ्लेक्स, व्यानर आदि छपाईमा ६ लाख २ हजार ७ सया १२ रुपैयाँ, तयारी तथा प्राविधिकमा ५९ हजार २ सय ९१ रुपैयाँ र बुथ प्रतिनिधि र कर्मचारी शिर्षकमा ६ लाख ५८ हजार ८ सय रुपैयाँ र विविध शिर्षकमा ८१ हजार ९ सय ७० रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये बाँकी रहेको ३३ लाख ८७ हजार ८० रुपैयाँ बैंक खातमा मौज्दात रहेको छ ।