Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल–भारत सीमा नाका बन्द हुने

नेपाल–भारत सीमा नाका बन्द हुने

काठमाडौँ । नेपाल र भारत बिचका सीमा नाका आजदेखि मंगलबारसम्म बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै शनिबार साँझ ६ बजेदेखि आगामी मंगलबार साँझ ६ बजेसम्म नेपाल भारत सीमा नाका बन्द रहने जानकारी दिएको छ। 

भारतको बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचन मंगलबार हुने भएकाले शान्ति–सुरक्षा व्यवस्थापनका लागि तीन दिनका लागि सिमानाका बन्द गर्न लागिएको हो।

सीमानाका बन्द रहने अवधिमा मानवीय तथा आकस्मिक सेवाबाहेक सबै प्रकारको आवागमन पूर्ण रूपमा रोकिने छ। सीमा बन्दसँगै जनकपुरधाम–जयनगर रेल सेवा पनि अस्थायी रूपमा रोकिएको छ।