काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टहरू जेनजीको आन्दोलनका क्रममा सेन्टिमेन्टल देखिएको बताएका छन । आज एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले प्रतिक्रियावादीहरूले बदमासी गर्दा नेतालाई गाली गरेको समेत बताएका हुन । ओलीले भने,
“कम्युनिस्टहरू झन् दरा, बलिया हुनुपर्ने । सेन्टिमेन्टल भएजस्तो देखेँ, यसपल्ट आन्दोलनमा । प्रतिक्रियावादीहरूले छिसिक्क केही गराए भने कोही संस्था छोड्ने, कोही नेतालाई गाली गर्ने,”
ओलीले थपे, “बदमासी गर्छन् प्रतिक्रियावादीहरूले, गाली गर्छन् आफ्नो पार्टीलाई । छोड्छन्, आफ्नो विचार, दर्शन । त्यति सारो सेन्टिमेन्टल नहुनुपर्थ्यो । केही केही मान्छे भएको देखियो,” ओली भन्छन् ।