काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी सदस्य संख्या ३ लाख पुगेको छ । स्थापना भएको छोटो समयमा रास्वपा आफ्नो शक्ति देखाउँन सफल देखिएको छ । पछिल्लो सममया रास्वपाले आफ्नो संगठन विस्तारलाई तिव्रता दिइरहेको छ । रास्वपा स्थापना भएको ४० महिनामा देशका ७४ वटा जिल्लामा फैलिएका छ ।
चितवनको सौराहामा जारी पार्टीको विस्तारित बैठकमा पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यो विवरण देखाएको हो । अर्यालकाअनुसार रास्वपाको पार्टी सदस्य संख्या ३ लाख पुगेको छ । ७७ जिल्ला मध्ये ७४ जिल्लामा पार्टी फैलिएको छ भने हिमाली तीन जिल्लामा भने सङ्गठन निर्माण हुन बाँकी रहेको छ । देशभरका ७५३ पालिका मध्ये ५५० वटा पालिकामा रास्वपाको संगठन बिस्तार भएको छ ।
यस्तै ४ हजार वडामा समिति बनेको पार्टीले जनाएको छ । यस्तै, पार्टीका अनुसार देशका २ हजार ५ सय वडा र ५० पालिकामा पार्टीको अधिवेशन भएको कार्यवाहक सभापति डिपी अर्यालद्धारा प्रस्तुत प्रतिवेदनान उल्लेख छ । यस्तै, ३५ देशमा रास्वपा विस्तार भएको पनि रास्वपाले जनाएको छ। रास्वपामा अहिले ६२ सदस्यीय केन्द्रीय समिति, एक सल्लाहकार परिषद्, २ वटा आयोग, ३८ विभाग, ७ प्रदेश समिति र ती अन्तर्गत विभागहरू रहेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।